Blog Single

युवा पलायन रोक्ने भनेर खोक्ने या अवसर सृजना गर्ने गराउने तिर लाग्ने त? ( Paradigm shift from dollar trap to NPR trap)



के.एच. बुढाथोकी, चार्टर्ड एकाउन्टेन्ट Opinion on Government Policies

इतिहाँस हेर्दा आत्मनिर्भर नेपालीहरु अंग्रेज हरु संग लड़ाई लडेर सिद्धिएको ढुकुटी भर्न बलभद्र कुँवरहरु नै भारत वर्षको लाहोर रज्यमा रोजगारी गर्न जाँदा देखि वैदेशिक नोकरीको लागि लाहोर जाँदा जाँदै त्यहाँ जाने हरु लाई लाहुरे भन्न थालिएको रहेछ त्याे सँग सँगै अङ्ग्रेज हरुको सेनामा पनि नेपालीहरु बहादुर र इमानदार भएकोले मन पराइयो त्यही रूप परिवर्तन हुँदै अहिले पढ्ने वा उज्ज्वल भविष्य भएको भनिने यू. के., युरोप, अमेरिका, अष्ट्रेलिया, जापान, द. कोरिया जाने वा भारत र खाडीमा कुल्ली या कंपनीको कम काज गर्न जाने चलन व्यापक भएको छ। हुँदा हुँदै एकचोटि वैदेशिक रोजगारी मा गइएन भने आत्मा ले शान्ति पाउँदैन जस्तो बुझाइ भैसकेको छ; यसो युवा हरु लाई सोध्छु के छ रोजगारी वा उद्यमको योजना भनेर, प्रश्न भुइँमा खस्न नपाई उत्तर विदेश जाने तयारीमा भन्छन अनि अर्कोतिर हुर्किदै गरेका सन्ततिका बाबुआमा लाई सोध्यो के छ छोरा छाेरी कुन क्षेत्रमा लगाउने सोच्दै हुनुहुन्छ भन्दा प्रश्न भूइँमा खस्न नपाउँदै उत्तर आउँछ आफ्नो त जिन्दगी यसै गो अब छाेरा छाेरी विदेश पठाउने र बुढेसकाल विदेश र नेपाल गर्ने बस्ने हो भन्छन । हुनेखाने ठूला र हुँदा खाने साना मुलुक जाने त लहरै छ । त्यति भएन सरकारी सेवामा भएका हरु पढ्ने बहानामा ३ बर्ष अध्यन बिदा लिएर बाहिर लेबर काम गर्न जन तम्सिने अनि मौका परे पी अर लिने दाउमा हुन्छन् । हुँदा हुँदै मन्त्री भइसकेका धरी उताको पी आर लिने र भष्ट्राचार गरेको पोइसो विदेश लाने छोरा छाेरी उतै सेटल गराउने हुन्छ वा बिद्यार्थी बन्न नसक्ने लाठुवा हरु लाई अमेरिका सम्म सहयोगी बनाएर छोड्न समेत पछि पर्दैनन् ।
इतिहास र आहिले को लाहुरे पद्धति हेर्दा पहिले बन्दुक बोक्न जान्थे अहिले कलम बोक्ने बहानामा मा विशिष्ट दर्जाको होटलमा भाडा हान्ने दर्जा बाट सुरु गर्ने देखि सामान्य भुई पुछ्ने वा बाख्रा गोठालो सम्म छन् ।

काम जता बाट सुरु गरे पनि सपना भनेको शेष घले र उपेन्द्र महतो वा जीवा लामिछनेलाई नै देख्छन् युवाहरु; त्यो सोच सम्मजनक नै हो जो बिद्यार्थी हैसियत मा विदेश छिरेर सामान्य कामदार हुँदै भूमण्डलीकरणको फाइदा उठाउन सफल भए र उहाँहरू विदेशीने युवाहरुको रोल मोडल भए तर यहीं बसेर म एक लाख भेडा पाल्छु वा कृष्ण पाउरोटी जस्तो कुनै खास उत्पादनको साम्राज्य बनाउँछु भन्ने भूत अलि युवा हरुमा कमी भएको देख्छु । नेपाल पनि बस्न लायक ठाम हो यहाँ नी अथाह सम्भावना छ भन्ने भूत कसले जगाउने त युवाहरुमा ? कुरो के छ भने हाम्रो शैक्षिक प्रणाली नै गफाडी बनाउने कारखाना बनेको छ शिक्षा छ शिप छैन अनि गर्ने के त भन्दा वार्ड कार्यालय को हाकिम भन्दा मन्त्रालय को कुचिकार हुने वा मन्त्रीको पिए भनिन्छ कि भन्दै लागिरहने।

नेपालको वैदेशिक रोजगारीको आंकडा हेर्दा अनुमानित ४० लाख कुल जनसंख्या को अनुमानित १३ प्रतिशत वैदेशिक रोजगारीमा देखिन्छ जसको परिणाम निम्न अनुसार छ:
१. युवा हरुले विदेशी संस्कृति सिकी आफ्नोपन भुल्ने तर पछि फेरि सबै चाखे पछि आफ्नो पनमा फर्किने नी छन्। यसबाट युवाहरुमा सांस्कृतिक विचलन आइरहेछ ।
२. परिवार टुक्रेर ब्यक्ति केन्द्रित संस्कार को हावी हुनु जसले सिनियर पुस्ता असुरक्षित भइरहेछ किनकि हाम्रोमा सिनियर पुस्ता को हेरचाह सरकारले हेर्दैन छाेरा छाेरी ले नै हेर्नु पर्ने वाध्यता छ।
३.लहुरको कमाई घर बनाउने र खानपिन मै खर्च गर्ने अझ बढी गरे अर्को लाहुरे उत्पादन गर्ने भन्दा केही उन्नमती छैन लाहुरे हरुको कमाईको ।
४. बुढाबुढी छुट्टीयर बस्दा परपुरुष वा परस्त्री गमन को संस्कार बढेको देखिन्छ जसले पारिवारिक विचलन व्यापक भइरहेको छ।
५. संसार मा विकसित जस्तोसुकै ज्ञान पनि जुन कुनै कुनाबाट लिन सकिने जमानामा पुरै जवानी खर्चेर, पोइसो खर्चेर पढ्ने नाटक गरेर काम गर्न विकसित देशमा छिर्नुपार्ने माहोल हुनु सोचाइको दुर्भाग्य नै हो तर केही टेक्नोलजी सिक्न त जानुपर्ने नै हुन्छ।
६. बिस्तारै स्थिर तथा चल सम्पत्ति बेचेर धन उतै लाने प्रवृत्ति बढ्दो छ।
७. बसाई सरेर गएको पहिलो पुस्ता पोइसो को प्राप्ती पछि पहिचानको खोजीमा आत्मा भड्किने र दोस्रो पुस्ता उतैको भैगो यताको बाल भएन।
८. लाहुरे मा निर्भर हुँदा हुँदै सबै किनेर खाने संस्कार को विकास हुँदा भएको कृषि कर्म नी भुल्ने अरु उद्यम नी छैन देश झन् पिछडा हुँदै जाने ।

यति धेरै नकारात्मक कुरा हुँदा हुदै बिना ढेउबा फ्री भिसा फ्री टिकट होस् वा देउवा पत्नी को फ्री टिकट को लोकप्रियता सँगै कमाई नभई हाम्रो चुलोमा आगो बाल्ने वाला छैन किनकी हाम्रो औकात अनुसार लुकाउँदा लुकाउँदै नेता ज्यूहरु बाट असलियत फुस्केको हो । अझ मेरो एउटा अर्को अनुभव को किस्सा नी मार्मिक छ जसमा विगत १० बर्ष देखि कुनै समय २५ जना सम्म आइटी इन्जिनियर लाई रोजगार दिलाएर बसेको मेरो रोल मोडेल भई विदेश जान्छु भनेको सुनेपछी अनेक सन्दर्भ जोडेर यहाँ धेरै गर्न सकिन्छ भनिरहँदा भाइको जवाफ के थियो भने यो जुनी एकचोटि हो अनि उमेर नी सिद्धिदै छ १० बर्ष काम गरेर मैले के जोड़ें र जीवनस्तर हेर्नुहोस बरु भाँडा डहानेर भए नी मर्सिडिज चढ्छु केही बचाएर यहाँ ल्याएर लगानी गरेर काम गर्छु भन्दा भाइको कुरो सही लाग्यो जो शेष घले को बाटोमा छ जस्तो लाग्यो त्यो राम्रो हो तर यही बसेर घले र महतो बन्न सकिन्न त भन्ने पनि मेरो खोज हो। त्यसको लागि मेरो लाठुवा दिमाग ले सोचेको सुत्रहरु निम्न छन् तपाईहरुको नी भए सुझाउनुस है किनकि हामीले नै १० , २० र ५० वर्षमा हाम्रो औकात कहाँ पुर्याउने आजै पहल गर्न जरुरी छ नत्र राणाहरू लाई हामीले दोष दिएजस्तै हाम्रा भावी लाहुरे हरले हामीलाई सराप्ने छन् कि ?
१. शिक्षा सँगै शिप मा बढी प्राथमिकता दिने ।
२. काम लाई सम्मान गर्ने संस्कार को विकास गर्ने ।
३. प्राथमिक तह देखि नै दैनिक अवसेक्ता को केही वस्तुहरू बनाउने र त्यसको सम्भावनाको बारे प्रशिक्षित गर्ने न कि सबै लाई डाक्टर, इन्जिनियर बन्ने सपना देखाउने लास्टमा राम्रो ड्राइभर पनि हुन नसक्ने अपाङ्ग उत्पादन गर्न बन्द गर्ने किनकि राम्रो ड्राइभर भएर नी जीवन उत्तम तरिकाले गुजार्न सकिन्छ भनेर बुझाउन जरुरी छ ।
४. हजारौं को संख्या मा रोजगार दिन सक्ने उद्यम गर्न गराउन राज्य को प्रोत्साहनको व्यवस्था गराउने जस्तै टेक्नोलोजी ल्याउन, जग्गा दिने, अन्य पूर्वाधार जस्तै बाटो, पानी, बिजुली मिलाइदिने आदि आदि ।
५. प्रविधी को विकासको लागि व्यापक रूपमा अनुसन्धान मा खर्च गर्ने ।
६. हामीले उत्पादन गर्ने वस्तु तथा सेवाको गुणस्तर बढाउन व्यापक पहल गर्ने जसबाट विश्व बजारमा हाम्रो सेवा वा वस्तुको साख बढोस् ।
७. प्राकृतिक साधनको समुचित प्रयोग गरेर अर्थतन्त्र को विकास गर्ने जस्तै स्थानीय श्रोत प्रयोग गरेर घर हरु बनाउन प्रोत्साहन गर्ने जस्तै मलेसिया को साल, राजस्थान को मार्वल, भारतको फलाम ले सबै नेपाली हरुले घर बनाउँदा कती रकम बाहिर गयो त सोचौं ।
८. विद्युतिय ऊर्जा उत्पादन र प्रयोग हुने वातावरण सृजना गर्ने ।
९. व्यापक जनसंख्या भएको दुई ठूलो देशको बीचको सुन्दर देश भएको नाताले देशको प्रमुख पेसा पर्यटन बनाउने र पर्यटन मैत्री पूर्वाधार बनाउने जुन हाम्लाई सजिलो छ। संसार नै प्रकृति तिर फर्किरहेको अवस्थामा हामी अविकसित हुनुको फाइदा लिन कङ्क्रिट वाला बिकास र जेनेटिकल्ली मोडीफाइड कृषि उत्पादन हैन हामी नबिग्रीकनै परम्परागत मा लाग्ने जसले पर्यटन मा ठुलो योगदान दिनेछ। जतिपनि विदेशमा रहेका नेपाली हरुले आफ्नो देशको प्रसंसा गरेर घुम्न जान उक्साउने जस्तै ४० लाख नेपालीले एक एक जना विदेशी लाई वर्षमा नेपाल जान प्रोत्सान गर्न लाउने हो भने ४० लाख पर्यटक भित्राउन सकिन्छ । यो सकिन्छ पनि किनकि देश राम्रो हुन्छ भनेर बन्दुक बोकेर दाजुभाइ मार्न त हामी पछि नपरकै हो ।
१०. लेबर नोट जारी गरेर ठूला पूर्वाधार बनाउने जसबाट युवा जनशक्ति खेर नजाओस् । नदीमा जल पर्यटन र हिमालय मा साहसिक यात्रा को प्रबर्दन गर्ने ।
१२. बनपैदबर मा आधारित उद्योग को विकास र विस्तार गर्ने।
१३. माथिको १२ वटा सूत्र फेरि पढ्ने र तपाईंको पनि त्यसमा अरु थप्ने र त्यसको लागू गर्न लागिपर्ने किनकि एक राम्रो सूत्र भन्न र निकाल्न १ मिनेट काफी छ तर त्यसको लागू गर्न १०० बर्ष त्यतिकै जान्छ त्यो नि नबिर्षौ जसको लागि अरूको अनुभव हेरेर आफ्नो पूर्ण योजना बनाएर लागू गर्न तिर पहल गरौं किनकि हामीलाई हाम्रै पालामा सबै चाहिएको छ। सोचेको पुग्छ भन्ने त सुनेकै हो म भन्छु योजनाबद्ध रुपमा सोचेर त्यसमा लागेमा पूरा हुन्छ ।

अन्तमा लाहोरको जनता लाई यता तोरी उखल्न बोलाएर तेल पेलाएर हाम्लाई मालिस गर्न लगाएर लाहुरे हैन तोरीलाहुरे बनाएर उतै पठाउने औकात हामीले बनाउन जरुरी छ सधैं दर्बान, चौकीदार र जुठो भाडा मस्काउने होस् वा गोराहरुको पिलो निचर्ने र घाउ मा मलम पट्टी लाउने नर्स मा सिमित नबनम हाम्रै दाजुभाई बाउ आमा सामान्य उपचार नपाएको बेला हामी डलरको धराप मा जिन्दगी नफलाम। किनकि सोच ठूलो राखेर अघि बढौं भएन र फलानो ले बिगार्यो भन्दा नी मैले के गर्ने त भनेर ठाम खोजम। भाषागत रुखोपनको भुल्चुक माफी चाहन्छु किनकि म पनि मह जस्तै मिठो बन्न २५ बर्ष भो विदेशी माहुरी सँग ज्ञान सिक्दै छु किनकि नेपालको सेरेना माहुरीको उत्पादकत्व काम छ हामीलाई बढी चाहिन्छ थोरैले चित्त बुझ्दैन।

लेखक: के. एच. बुढाथोकी, चार्टर्ड एकाउन्टेन्ट (माहुरीपालक किसान तथा साना उद्दमको रणनीतिक योजनाकार )
कालिका नगरपालिका ८, चितवन, बागमती प्रदेश ।