Blog Single

फर्पिङ्गकाे जात्रा र यसले दिएकाे व्यवस्थापन शुत्र :



के.एच. बुढाथोकी, चार्टर्ड एकाउन्टेन्ट Business Management & Consulting

५ असाेज २०७९ मा फर्पिङ्गमा व्यावसायिक बार्तालापकाे लागि ११ बजे बिहान तय भएकाे समय लम्विएर १ बजे बल्ल तल्ल अफिसकाे काम अन्धाधुन्ध छाेडेर अन्धाधुन्ध धुलेराम बाटाे हुँदै कानुनी बिज्ञ मित्र भुपाल ढकाल र म ३:३० मा पुगेर जाे ब्यक्ति भेट्नु थियाे उहाँ अन्य छलफलमा ब्यस्त हुनुपर्ने भएकाेलाे छाेटाे भेटपछि भुपल जि का पुरानाे र मेराे नयाँ मित्र शिद्दि कर्माचार्य संग भेट्ने नयाँ याेजना बनाएर त्यता लागियाे उहाँ फर्पिङ जात्राकाे मुल पुजारी समुहकाे ब्यक्ति भएकाे हुनाले जत्राकाे सुरु देखी अन्तय सम्मकाे ब्यवस्थापन अथवा ठेट नेपाली भाषामा भन्दा चांजाेपांजाे सिध्याएर हाईवरनेसन टाइममा हुनुहुंदाेरहेछ। शिद्दि सर संग सामान्य सिस्टाचार पछी जात्राकाे परम्पराकाे छलफल भयाे त्यस क्रममा उहाँले फर्पिङमा हुने तीन अाेटा जात्राकाे भिडियाे देखाउनुभयाे जसवाट मैले सिकेकाे ब्यवस्थापनकाे ज्ञान निम्न अनुसार छन् जस्काे सम्बन्ध हामीले गरिने प्रयास र त्यसवापत प्राप्त हुने  खुसी वा उत्पादकत्व संग गर्न सकिन्छ । 
 
जत्रा नं १ एकल भैरे माेडल ब्यवस्थापन पद्धति:
यस अन्तरगत एक ब्यक्तिलाई भैरवकाे मुकुट लगायर अघि लाउने अरु सबै भिड पछि पछि दाैडने वा पखामा बसेर हेरेर मजा लिने खाले हुनेरहेछ । यस माेडलमा लिड गर्नेले अाफ्नै पारामा मनाेरन्जन दिने र पछि लाग्नेहरुले पनि लिडरलाई हेर्ने तर अाफ्नै माैलिक पद्दतिमा रमिरहेकाे देख्न सकिन्छ जसवाट ब्यवस्थापन सहज तर ठुलाे उपलब्धि नदेखिने हुने रहेछ जस्तै एकल स्वामित्वको ब्यवसायमा साहु  काममा कुदिरहने हेर्दा राम्रै विजि हुने र साथ दिने सहकर्मी खासै नहुने र भएपनि दिगाे नहुने उही जात्राको लागि घर अघि कुरेर स्वागत गर्न बसेकाे भक्तजन जस्ताे अगाडि पर्दा साथ दिने तर मरिमेटेर संगै लामाे साथ नदिने ।
अझ स्पष्टताकाे लागि यहाँ क्लिक गर्नुहाेस
https://www.youtube.com/watch?v=23biQkiDX18
मथिकाे दृश्यले सिकायकाे सुत्रहरु
✍️यसवाट व्यवसायमा अावस्यक श्रम, पुंजी र हाैसला सबै एकै ब्यक्तिमा हुन जरुरी छ । 
✍️ छिटाे र थाेरै ब्यावसायिक उपलब्धिकाे लागि एकल स्वामित्वमा कुनै ब्यवसाय लियर कुदिरहने काेही भेटे प्रयोग गरेर अाफ्नाे काम बनाउने नभेटेपनि कसैकाे भर नपर्ने ।
✍️एउटा कुनै साेचलाई जहांवाट जसरी नि सुरु गर्न सकिने ।
✍️अनुभव लिन र जाेखिमबारे दख्खल राख्न एक्लाे हिंडाइ उत्तम किनकि राम्राेमा तपाई नै र नराम्राेमा पनि तपाईंनै पुरस्कृत वा दण्डित हुनुहुनेछ । यस माेडल सफल सन्चाल गर्न सकेमा लामाे अनुभवपछी द्वारिका हाेटल वा भाटभटेनी बन्न सक्नुहुन्छ कि त भट्टि र किरानामै सिमित हुनुहुन्छ त्याे नि बवाल चले त राम्रै गुजारा हाेला नत्र समयकाे सत्यानास ।
✍️ एकलमा निर्णय प्रक्रिया छिटाे हुंदा काममा सहज हुने हुंदा नेपाल जस्ताे अब्यावसायिक लागानीकर्ता र मनव संसाधन भएकाे ठाउँमा परिस्थिति जन्य ब्यवस्थापन गरेर अगाडि बढ्न सहज हुने ।
 
जत्रा नं २ दाेयम भैरे माेडल ब्यवस्थापन पद्धति:
यस अन्तरगत दुइ ब्यक्ति मुखुण्डो लगायर डाेलि बाेकेर गाउँ चहार्ने रहेछ त्यस्तै अर्को दुई ब्यक्ति उहीँ तरिकाले अर्काेतिरबाट दाैडने रैहेछ कुनै संयाेगले यी चार एकठाउं भेट हुंदा झन माहाेलमा राैनक थपिने रैछ । यसमा एकल भैरव जात्रा भन्दा अलि बढि रमाइलो हुने रहेछ । दुइजना डाेली बाेकेर संङ्गै हिड्नुपर्दा अलि गति कम हुने किनकि दुबैकाे सामर्थ्य र दिशामा सामन्जस्यता नहुंदा समय समयमा गतिरोध हुने रहेछ । यसलाई दुई ब्यक्तिकाे संयुक्त ब्यवसायकाे संज्ञा दिन सकिन्छ जुन माेडलमा दुई ब्यक्ति व्यवसायकाे साेच बिकासदेखी संन्चालन र बिस्तारमा समान सहभागीता हुंदासम्म कुदिरहन्छ जस्तै हरिबंस र मदनकृष्णकाे मनाेरन्जन कम्पनी तर प्रचण्ड र वाबुरामकाे उदहारण चाहिँ अलि नमिल्ला ।
अझ स्पष्टताकाे लागि यहाँ क्लिक गर्नुहाेस
https://youtu.be/5E7Iax83S9o
मथिकाे दृश्यले सिकायकाे सुत्रहरु
✍️यसवाट व्यवसायमा अावस्यक श्रम, पुंजी र हाैसला मध्ये एक ब्यक्ति संग कुनै एक र अर्कोमा बांकी दुई हुनु जरुरी छ । वा एकजनासंग सबै क्षमता भएकाे र  अर्को लन्ठु उसलाई बाेकेर हिडिरहे नि चल्छ पर्टनरसिप चल्छ ।
✍️मध्यमस्तरकाे ब्यवसाय जहाँ पुुंजी, र श्राेत पनि असाध्यै धेरै वा थाेरै हैन ठिकै मात्रामा लगाएर गर्नुपर्ने हुन्छ त्यसकाे लागि दुई जना समान क्षमता वा फरक क्षमताको मिलेर सुरु गर्न सकिन्छ । 
✍️एकल भैरे माेडलमा जान ज्ञान हांसिल गर्न पनि उपयुक्त; धरै पाेख्त व्यावसायी संग जुनसुकै प्रतिशतमा दाेस्ती गरेर पुर्ण ज्ञान लियर अफै एकल फर्म वा कम्पनी खाेल्न अच्छा माेडल हाे ।
✍️एकले अर्काेलाई परिस्थिति बुझेर साथ र हाैसला अादान प्रदान भेरहे उत्तम नत्र घांडाे हुने ।
✍️राम्रोसँग व्यवसाय चलिहंदा अालाेपालाे प्रणाली अपनाई अन्य कार्यमा हात हल्न वा फुर्सद निकाल्न अति उत्तम तरिका हाे ।
 
जत्रा नं ३ बहुल भैरे माेडल ब्यवस्थापन पद्धति:
याे फर्पिङमा हुने अत्याधिक रमणिय र धेरै श्रद्धालु उपस्थित हुने हरिशंकर जात्रा भनेर प्रख्यात रहेछ जसमा सातअाेटा रथ फरक फरक ठाउँबाट डुलाईने रहेछ । रथ पनि चक्का नभएकाे ठुला ठुला दुई काठकाे नालकाे बिचमा मन्दिर जस्ताे बनायर त्यसमा मुर्ति राखेर त्यस रथलाई पचासाैं युवाहरुले बाेकेर एक ठाउँबाट अर्काेठाउंसम्म पुजा गर्दै सारिने रहेछ रथकाे बिच भागमा ६/७ जना पुजारीहरु बसेर पुजाकाे बिधिहरु पूरा गर्नुपर्ने र रथ युवाहरुले बाेकेर सार्ने काेसिस चलिरहने रैछ । मेराे अनुमानमा १५० मिटरकाे दुरी हाेला त्याे पार गर्न ६घण्टा लागेकाे अनुभव सुनाउनुहुन्छ मित्र शिद्दि कर्माचार्य जाे त्यस रथकाे मन्दिरमा पुजा बिधि गर्नेहरु मध्य एक थिए । उहाँ भन्नुहुन्छ दैवि शक्तिकाे रस्साकस्सीकै कारण धरै परिश्रम गरेर हामीले ६घण्टामा १५० मिटर दुरीकाे गन्तव्य सफल बनाउन सक्यौं, हामी पुजारीहरुकाे लक्ष्य छिटाे पुजाबिधि मिलायर गन्तव्यमा लाने हुन्छ तर यति धेरै युवाहरु हुंदा पनि हामिले दैवि शक्तिलाई मिलाउन कमजाेरी हुंदा भनाै वा केही अदृश्य शक्तिले ढिला भएकाे स्वीकार गर्नुहुन्छ त्यसमा उहाँको  बर्षाैकाे सहभागिता भएकाले हामीले त्याे हाेइन भन्न सकेनाैं तर यसकाे राम्राे उदहारण सुखी र सम्पन्न नेपालीकाे परिकल्पना बाेकेका सिपाहीहरु सेर बहादुर, प्रचण्ड, केपी, बाबुराम र हामी जनताकाे प्रयासलाई लिन सकिन्छ उहांहरु अफुलाइ पुजारी सम्झनुहुन्छ र रथमा बसेर अापसमा राम्राे लक्ष्यमा एक हुन सकेका छैनन्  साथैे तल रथ बाेक्ने ठिटाहरु पनि गतिहिन भएर पुर्व, पश्चिम, उत्तर, दक्षिण एकैचाेटी एउटै रथ कुदाउंदैछन् जस्काे लागि समय र श्राेतकाे अत्याधिक खर्च तर उपलब्धि शुन्य प्राय देखिन्छ । याे त  भयाे राज्य व्यवस्थापनकाे किस्सा अब अलि तल झर्दा १५००/२०००कर्मचारी परिचालन गरेर चलाईएकाे सरकारी अड्डा र बैंककाे उत्पादकत्व र सेवाग्राही सन्तुष्टि हेराैं सरकारी अड्डामा श्राेत साधन छ तर कर्मचारी अकर्मण्यताकाे कारण सेवा प्रबाह अत्यन्त सुस्त छ तर बैंकमा चुस्त ब्यवस्थापन छिटो छरिताे सेवा छ  भने त्यही संगै अर्काे फन्डा के देख्न सकिन्छ भने सरकारी अड्डामा अकर्मणयहरुकाे भिडमा चुस्त कर्मचारी टिक्न सक्दैन बैंकमा चुस्त कर्मचारीहरुकाे भिडमा सुस्त टिक्न सक्दैनन् । संस्थालाई सुस्तहरुवाट चुस्त बनाउनु ठुलाे चुनाैति छ तर असम्भव छैन ।
अझ स्पष्टताकाे लागि यहाँ क्लिक गर्नुहाेस
https://youtu.be/TCGaCMBgn5c
मथिकाे दृश्यले सिकायकाे सुत्रहरु
✍️यसवाट व्यवसायमा अावस्यक श्रम, पुंजी र हाैसला मध्ये कुनै एक भएका वा केहिपनि नभएकाहरु जम्मा भएर ठुलाे परिणाम हांसिल गर्न ठुलै समूह चाहिने बुझ्न सकिन्छ।  अावस्यक श्रम, पुंजी र हाैसला मध्ये कुनै एक भएकारुकाे कुसल व्यवस्थापन भए ठुलाे समुहमा ५+३=१० काे प्रतिफल हांसिल गर्न सकिन्छ यदि त्यसमा  व्यवसायमा अावस्यक श्रम, पुंजी र हाैसला मध्ये कुनै एक पनि नभएकाहरुकाे झुन्ड भएमा जाेतमै समय बरबाद  भएर ५+३=४ काे प्रतिफलमै चित्त बुझाउनुकाे बिकल्प हुंदैन ।
✍️उच्च, मध्यम र तल्लाे व्यवस्थापनकाे स्पस्ट दिशानिर्देश हुनुपर्नेछ जसवाट अपेक्षित लाभ अपेक्षित समयमा हांसिल गर्न सकिन्छ ।
✍️ठुलाे परिणामकाे श्राेतकाे उपलब्धता संगै कुसल व्यवस्थापनकाे अपरिहार्यता देखिन्छ यदि ठुलाे उपलब्धि हांसिल गर्ने हाम्राे लक्ष्य भएमा ।
✍️म टिमकाे र टिम मेराे भन्ने भावनाकाे जागृत गराउनुपर्ने ।
✍️Group Dynamics/Synergy: ५+३=१० काे गणित सबैले बुझ्नुपर्ने; जसवाट सबैले लिने ब्यक्तिगत पहलकाे भन्दा अतिरिक्त लाभ लिन सकाेस ।
✍️उचित व्यवस्थापन काे अाशा गर्न सकिन्न भने त्यस्तो ठाउंमा श्रम, पुंजी वा हाैसलाकाे प्रयोग गर्नु वा लगाउनु महा मुर्खता हुनेछ जसवाट ठुलाे सम्भावना बाेकेकाे ब्यक्ति पनि खरानी हुनेछ ।
✍️बहुल भैरे माेडलमा दुई चार भैरेले टिम छाेड्दैमा संस्था वा टिम डगमगउंदैन त्यसैले उचित व्यवस्थापन सहितकाे संस्थागत वा बहुल भैरे माेडल अाजकाे अावस्यकता हाे जसवाट ठुला ठुला महाकाय महत्वाकांक्षी अायाेजना समयमै  सफल पर्न सकिन्छ ।
 
💪समग्रमा हामी सबैकाे उदेश्य उपलब्धि सहितकाे गति हाे, त्यसकाे लागि लक्ष्य निर्धारण गरेर अावस्यक बिबिध श्राेत र क्षमताहरुकाे उचित ब्यवस्थापन र परिचालन गर्न सके परिवार, संस्था, समाज र विष्वकाे उपलब्धिमुलक गतिकाे अाशा गर्न सकिन्छ 💪
 
लेखक:
के.एच. बुढाथोकी, चार्टर्ड एकाउन्टेन्ट 
कुनै सल्लाह सुझाव र जिज्ञासाकाे लागि www.facebook.com/khbudhathoki
email: deltalrish@gmail.com
what's App Viber: 9851031342